पसिना नआउनु पनि शरीरको लागि हुन सक्छ हानिकारक !

लोकपथ
494
Shares

काठमाडौं । गर्मिमा पसिना आउनु सामान्य कुरा हो तर कतिपय व्यक्तिलाई भने जति नै गर्मी भए पनि पसिना आउँदैन् । चाहे उनीहरु जतिसुकै घाममा हिड्नु वा घण्टौँ जिममा गएपनि पसिना आउँदैन । हाम्रो शरीरबाट पसिना नआउनु स्वास्थ्यको लागि जोखिमको संकेत पनि हुन सक्छ । पसिना आउनु समस्या जस्तो लागेपनि खासमा शरीरका लागि पसिना आउनु एकदम जरुरी छ । किनभने पसिनाले तपाइँ स्वस्थ भएको संकेत गर्छ ।

विशेषज्ञहरुका अनुसार पसिनाको साथमा हाम्रो शरीरमा रहेको असुद्धी त्वचाको रौंको प्लाबाट निस्किन्छ । यसले त्वचालाई पनि फाइदा पुग्छ ।

पसिनाको प्रत्यक्षय सम्बन्ध भने हाम्रो स्वास्थ्यसँग जोडिएको हुन्छ र जुन व्यक्तिको शरीरबाट पसिना निस्कने गर्छ त्यस्ता व्यक्ति बढि स्वस्थ रहने गर्छन् । एक स्वस्थ शरीरको लागि पसिना आउनु निकै जरुरी हुन्छ ।

आज हामी तपाईंहरुलाई शरीरबाट पसिना आउनु किन जरुरी छ, पसिना नआउनुका कारण र पसिना नआउँदा हाम्रो शरीरमा आइपर्ने समस्याका बारेमा जानकारी दिनेछौँ ।

पसिन नआउनुका कारण
शरीरबाट पसिना नआउनुको पछाडि धेरै कारणहरु हुन सक्छन् । पसिना नआउनुको एउटा जेनेटिकको कारण पनि हुन सक्छ । कुनै औषधीको सेवन गरिराख्नु भएको छ भने त्यसको साइड इफेक्टको कारणले पनि पसिना नआउन सक्छ । यसको साथै नशामा दबाब वा नशामा क्षतिको कारणले पनि कम पसिना आउने गर्छ । त्यसैगरि घाउ, चोटपटक वा छाला सम्बन्धित रोगले पनि शरीरमा पसिना आउनलाई रोक्न सक्छ । यस बाहेक जति–जति हाम्रो उमेर बढ्दै जान्छ । हाम्रो शरीरमा रहेको पसिना ग्रन्थिको कार्यक्षमतामा पनि कमि हुँदै जान्छ । जसले गर्दा पसिना कम आउने हुन्छ । शरीरमा पानीको कमीले पनि पसिना नआउने हुन सक्छ ।

पसिना नआउने अवस्थालाई के भनिन्छ ?
शरीरबाट पसिना नआउने यस्तो अवस्थालाई एनहाइड्रोसिस भनिन्छ । यदि तपाईंले जति व्यायाम गरेपनि, घाममा हिँडे पनि तपाईंलाई अलिकति पनि पसिना आउँदैन भने तपाईं एनहाइड्रोसिसको शिकार भएको हुन सक्नुहुन्छ । यस्तो अवस्थामा पसिना आए पनि निकै कम मात्रामा आउने गर्छ ।

शरीरमा पसिना नआउदा आइपर्ने सक्ने समस्याहरु
पसिनाको काम भनेको शरीरलाई चिसो राख्नु मात्र होइन । यसले तपाईंको शरीरमा जम्मा भएको यूरिया, सोडियम र बाँकी विषाक्त तत्वलाई पनि बाहिर निकाल्ने काम गर्छ । यदि तपाईंको शरीरमा पसिना आउँदैन भने सबै भन्दा धेरै समस्या शरीरको तापक्रम नियन्त्रणमा हुने गर्छ । पसिना नआउदा शरीरको तापक्रमको अनुमान लगाउन सकिदैन र शरीर धेरै तातो अर्थात् ओभर हिट स्ट्रोक पनि हुन सक्छ । धेरै गर्मीको कारणले तपार्ई अचेत पनि हुन सक्नुहुन्छ । पसिना नआउनुको कारणले थकाई, छटपटि र बान्ता जस्तो समस्या आउने गर्छन् । साथै यसले स्नायू प्रणालीलाई पनि असर गर्ने गर्छ । पसिना नआएर यदि तपाईंको स्वास्थ्यमा समस्या आइरहेको छ भने तुरुन्तै डाक्टर सल्लाह लिनु उचीत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?