यस्ता छन् हरियो खुर्सानीका फाइदाहरु

लोकपथ
77
Shares

काठमाडौं । खुर्सानी हाम्रो दैनिक जिवनमा प्रयोग हुने वस्तु हो । खुर्सानीलाई हामी खानामा स्वाद बढाउन र मसलाको रुपमा प्रयोग गर्ने गर्छौँ । कसैकसैलाई हरियो खुर्सानी खानासँग टोकेर खान पनि मन पर्छ । भने कसैलाई अचार बनाएर खान मन पर्छ । हरियो खुर्सानीले हाम्रो शरीरलाई धेरै फाइदा पुर्‍याउने गर्छ । भिटामिन, पोटासियम र कपरले भरिपुर्ण हरियो खुर्सानीले शरीरमा धेरै रोगबाट बचाउन मद्दत गर्छ ।

यसमा पाइने एन्टिअक्सिडेन्ट तत्वको मात्राले शरीरलाई बलियो बनाउँछ । आज हामी पोषक तत्वले भरिपुर्ण हरियो खुर्सानीको फाइदाको बारेमा जानकारी गराउनेछौँ ।

हरियो खुर्सानीको फाइदाहरु

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

हरियो खुर्सानीको सेवनले शरीरमा एन्टिअक्सिडेन्ट प्राप्त हुन्छ । जसले शरीरलाई रोगहरुको संक्रमणबाट टाढा राख्छ । यसमा पाइने बायोएक्टिभ प्लान्ट कम्पाउन्डले दीर्घकालिन रोगको जोखिमबाट टाढा राख्छ । यस बाहेक भिटामिन सीको मात्राले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

तौल नियन्त्रण गर्छ
शरीरमा जम्मा हुने अतिरिक्त क्यालोरिलाई हरियो खुर्सानीले जलाउन मद्दत गर्छ । हरियो खुर्सानीको सेवनले बारम्बार भोक लागिरहने समस्याबाट पनि बचाउँछ । यसमा पाइने क्याप्साइसिन कम्पाउडरको मात्राले क्यालोरीको मात्रा घटाउन मद्दत गर्छ ।

मूड स्विंगलाई कम गर्छ

अन्य पोषक तत्वको प्राप्तिसँगै हरियो खुर्सानीको सेवनले शरीरमा ह्यापी हर्मोनको स्तरलाई बढाउँछ । जसले शरीरको बेचैनी र दुखाइबाट राहत मिल्छ । यसको सेवनले तनाव र चिन्ताबाट पनि मुक्ति मिल्छ ।

मेटाबोलिज्मलाई बढाउँछ
भिटामिन ए र सीले भरिपूर हरियो खुर्सानीको सेवनले पेटको दुखाई, एसिडिटि, कब्जियत र अपचको समस्याबाट राहत दिन्छ । यसमा पाइने क्याप्साइसिन कम्पाउडरले मेटाबोलिज्मलाई बढाउँछ । यसको नियमित सेवनले उच्च रक्तचापको स्वत समाधान हुँदै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?