शरीरको तौल कम गर्दा हुने असरहरु

लोकपथ
98
Shares

काठमाडौं । गलत खानपानका कारण अहिले प्रत्येक व्यक्ति अतिरिक्त तौलबाट दिक्क बनेका छन् । बदलिँदो जीवनशैलि र गलत खानापानले गर्दा तौल कम गर्नु आजभोलि निकै चुनौतिपूर्ण काम भएको छ । तौल कम गर्नका लागि मानिसहरु विभिन्न थरिको व्यायाम गर्ने गर्छन् र आफ्नो खानपानमा समेत परिवर्तन गर्ने गर्छन् । तौल घटाउने क्रममा उनीहरुले धेरै गल्तीहरु पनि गरिरहेका हुन्छन् । जसको उल्टो असर पनि हुन सक्छ । आज हामी तपाईंहरुलाई तौल कम गर्दा हुने केहि गल्तिहरुको बारेमा जानकारी दिनेछौँ ।

भोकै बस्ने गल्ति
धेरै जसो मानिसहरु फिट हुनको लागि बिहानको खाजा( ब्रेकफास्ट) वा रातिको खानालाई हटाउने गर्छन् । यो तरिका अपनाएर क्यालोरिको मात्रा कम गर्ने कोसिस गर्छन् । तर यस्तो गर्दा तौल कम हुनुको सट्टा अझ बढ्न सक्छ । त्यसैले सधैँ समयमा नै खाना खाने गर्नुपर्छ र भोकै बस्नबाट बच्नुपर्छ ।

कुनै पनि आहार जति मन लाग्छ खाने गल्ती

शरीरको तौल कम गर्न सधैँ सन्तुलित आहार लिनु आवश्यक हुन्छ । यदि तपाईं अस्वस्थकर खाना खानुहुन्छ भने यसले तपाईंलाई नोक्सान पुर्याउने गर्छ । कतिपय मानिसहरु खानपानमा ध्यान नदिने हुन्छन् । उनीहरु परिणामको ख्याल नगरि जे जति पनि कहिले धेरै र कहिले थोरै खाने गर्छन् । जुन तौल घटाउनका लागि सहि मानिदैन । तौल घटाउनका लागि थोरै थोरै मात्रामा खाने र कहिले काहीँ व्रत राख्नु सहि मानिन्छ ।

डाइटिसियनको सल्लाबिना जे पनि खाने गल्ती
स्वस्थ तौल घटाउनका लागि सधैँ डाइटिसियनको सल्लाह लिनु आवश्यक हुन्छ । राम्रो डाइटिशियन वा न्यूट्रिशयनले नै हामीलाई गलत खानबाट बचाउँन सक्छन् । र स्वस्थ चार्ट तयार गर्न सक्छन् । जसले गर्दा हामीले सहि तरिकाले तौल घटाउन सक्छौँ ।

सर्टकट विधि अपनाउने गल्ती
छिटो तौल घटाउने चक्करमा सर्टकट विधि अपनाउनु हुँदैन । यसले स्वास्थ्यमा निकै नराम्रो असर पुर्याउन सक्छ । शरीरको तौल घटाउनु एउटा प्रक्रिया हो । जसलाई हामीले बिस्तारै–बिस्तारै स्वस्थ तरिकाले गर्नुपर्छ । धेरै तौल एकै पटक कम गर्दा गम्भीर रोग लाग्न पनि सक्छ ।

ठुलो भागमा खानेकुरा खाने गल्ती
यदि तपाईं तौल कम गर्न खोज्दै हुनुहुन्छ भने जहिले पनि खानाको भागलाई ध्यानमा राख्नुपर्छ । धेरै वा थोरै खानुको सट्टा थोरै थोरै खाइरहने गर्नुपर्छ । यसले शरीरलाई नोक्सान पुर्याउँदैन र तौल सहि राख्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?