सन्दीपलाई सफाइलगत्तै मोहना अन्सारीको टिप्पणी, ‘न्यायलयबाट छोरी जोगाऔँं’

लोकपथ
8.5k
Shares

काठमाडौं । अदालतको फैसलालाई संकेत गर्दै अधिवक्ता मोहना अन्सारीले न्यायलयबाट छोरी बचाउनुपर्ने टिप्पणी गरेकी छिन् । नेपाल डायरी नामक ग्रुपको एक्स पोष्ट रिट्युट गर्दै अधिवक्ता अन्सारीले त्यस्तो टिप्पणी गरेकी हुन् ।

बुधबार उच्च अदालत पाटनले सन्दीपलाई बलात्कारको कसुरबाट सफाइ दिने फैसला सुनाएको थियो । उक्त फैसलामा आपत्ति जनाउँदै अधिवक्ता अन्सारीले छोरीलाई बलात्कारीबाट मात्रै नभएर न्यायलयबाट पनि बचाउनुपर्ने आशयको एक्स पोष्ट रिपोष्ट गरेकी हुन् ।

स्मरणीय के छ भने अधिवक्ता अन्सारी आँफै पीडित भनिएकी गौशाला –२६ को तर्फबाट कानुन व्यवसायी रहेकी थिइन् । तर अदालतले उनी पक्ष रहेको पीडितको विपक्षमा फैसला सुनाएलगत्तै अन्सारीले यस्तो आशयको ट्वीटर पोष्ट रिपोष्ट गरेकी हुन् ।

अन्सारीले सेयर गरेको पोष्टमा भनिएको छ, ‘बलात्कारीबाट मात्रै होइन, न्यायलयबाट पनि आफ्नो छोरीहरु जोगाऔँ’ । त्यसको तल लेखिएको छ, ‘यस्तो समाज, यस्तो परिदृश्यको भागिदार बन्नुपर्ला भनेर कहिल्यै सोचिएको थिएन । यो स्तरको समाजको पतन, अदालतमा निर्लज्जताको नाङ्गो नाच ।’

अन्सारीले फैसला आउनुभन्दा एक घण्टा अगाडिपनि एक्समा अर्को एक पोष्ट गरेकी थिइन् । जहाँ उनले लेखेकी छिन्, ‘धेरै सुनिएको मिसक्यारिज अफ जस्टिस अब हेर्न बाँकी छ ।’

अन्सारी मुस्लिम समुदायबाट सक्रिय अधिवक्ता हुन् भने उनी यसअघि राष्ट्रिय महिला आयोगको सदस्य भइसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?