मेनोपोजको असरबाट छालालाई बचाउने उपायहरु

लोकपथ
195
Shares
file photo

काठमाडौं । मेनोपोजको (रजोनिवृत्ति) समय नजिकिँदै जाँदा महिलाहरुको शरीरमा धेरै किसिमको परिवर्तनहरु देखिन थाल्छन् । हार्मोनल असन्तुलनको उतारचढाबको कारण अनुहारको छालाको लचिलोपन पनि कम हुँदै जान्छ ।

नेपाली चलनचल्तीको भाषामा मेनोपोजलाई महिनावारी सुक्नु, नछुने नहुनु, बुढ्यौली लाग्नु, छुई रोकिनु आदि शब्दले वर्णन गरिन्छ। तर मासिक रक्तश्राव बन्द हुनेबाहेक मेनोपोजका अन्य लक्षणबारे त्यति ध्यान दिएको पाईंदैन।
यस्तो अवस्थाका महिलाहरुमा छाला पातलो र झुन्डिएको जस्तो देखिन थाल्छ । यस बाहेक छालामा चाँया, डार्क सर्कल र चाउरीपन पनि देखिन थाल्छन् । यी सबै समस्याका कारण महिलाहरुमा मनोबल पनि घट्दै जान्छ र आफूलाई अरु भन्दा कम सोच्न थाल्छन् । छालाको सुख्खापन र बुढ्यौलीपनको समस्याबाट बच्नका लागि केहि विशेष टिप्सहरुको अपनाउनुपर्ने हुन्छ । आज हामी यहि उपायहरुको बारेमा जानकारी दिनेछौँ ।

मेनोपोजपछि छालालाई स्वस्थ बनाउने टिप्सहरु

छालालाई सफा र हाइड्रेटेड राख्ने

छालालाई स्वस्थ बनाइ राख्नको लागि दिनभरिमा अनुहारलाई दुई पटक क्लिन्जरले सफा गर्ने । सनस्क्रिन र मेकअप प्रयोग गर्ने महिलाहरुले आफ्नो अनुहार तेल क्लिन्जरले सफा गर्नुपर्छ र अनुहारलाई राम्रोसँग धुनुपर्छ । कडा केमिकलको प्रयोगबाट बच्नुपर्छ । यस बाहेक छालालाई हाइडे«ट राख्नका लागि छाला अनुसारको जेल बेस वा क्रीम बेसको मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।

मोइस्चराइजरको प्रयोग गर्ने

छाला स्वस्थ रहनको लागि छालालाई मोइस्चराइज गर्न निकै जरुरी रहेको हुन्छ । मेनोपोजको समयमा शरीरमा एस्ट्रोजनको स्तर घट्न थाल्छ । हार्मोनल असन्तुलनको कारण छालामा धेरै प्रकारको परिवर्तनहरु देख्न सकिन्छ । यस्तो अवस्थामा छालालाई मोइस्चराइज राख्नु आवश्यक छ । रहेको छ । जसले छालालाई नीरस र सुख्खापनबाट बचाउँछ ।

सन्सस्क्रिन लगाउने

छालालाई स्वस्थ र घामको क्षतिबाट बचाउनको लागि सन्सस्क्रिनको प्रयोग गर्नु निकै आवश्यक रहेको हुन्छ । यसलाई दिनको २–३ पटक सम्म प्रयोग गर्नुपर्छ । यसले छालामा हुने दाग धब्बा र चाउरीपनबाट छुट्कारा दिन्छ । सन्सस्क्रिनको प्रयोगले छालाको कोशिकाहरु मर्मत हुन्छन् । छालामा देखिने चाउरीपन कम हुन थाल्छ ।

एन्टि एजिंग प्रोडक्टसको प्रयोग गर्ने

४० वर्षको उमेरपछि छालामा कोलेजनको कमी हुन थाल्छ । यसको कमीले छालामा चाउरी र फाइन लाइनहरु देखिन थाल्छन् । वास्तवमा छालाको लोच कम हुनाले छालाको चमक घट्न र छालामा साना–साना दाग र रङ्गमा हुने समस्याको सामना गर्नुपर्ने हुन्छ । यसको लागि अनुहारमा भिटामिन सी सिरम र रेटिनोलको मद्दतले छालाको लोच कायम नै राख्ने ।

निन्द्रा पुरा गर्ने

डार्क सर्कलको समस्याबाट बच्नको लागि दिनमा ८ घण्टा नियमित सुत्ने गर्नुपर्दछ । यसले आँखाको तल हुने कालो घेरा र निन्द्रा पुरा नहुने समस्याबाट बचाउँछ । मेनोपोज पछि महिलाहरु ४ देखि ५ घण्टा मात्र सुत्न सक्छन् । जसले निन्द्रा पुरा हुँदैन र कोलेजन अतिरिक्त ट्रान्सपिडर्मल पानीको कमी बढ्छ । जसले छालको सुख्खापनलाई बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?