यस्ता छन् बालबालिकाको मस्तिष्कको विकासका लागि आवश्यक पोषक तत्व

लोकपथ
377
Shares

काठमाडौं । बच्चाहरुको शारीरिक स्वास्थ्यको ध्यान राख्नु जति जरुरी हुन्छ, त्यति नै उनीहरुको मानसिक स्वास्थ्यको ध्यान राख्नु पनि आवश्यक रहेको हुन्छ । बालबालिकाको मस्तिष्कको विकास र मजबूतीको लागि शारीरिक व्यायाम देखि खानापानमा समेत विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

बालबालिकाको मस्तिष्कको विकासका लागि सबै प्रकारका पोषक तत्व आवश्यक भएता पनि केही यस्ता कुराहरू छन् जसले मस्तिष्कको विकासमा मद्दत गर्छ । स्वस्थ मस्तिष्क विकासका लागि बालबालिकाको आहारमा कोलाइन, फोलेट, आयोडिन, आइरन, पोलीअनस्याचुरेटेड फ्याटी एसिड, ओमेगा–३ फ्याटी एसिड, प्रोटिन, भिटामिन ए, डी, बी६ र बी१२, जिङ्क आदि समावेश गर्नु निकै फाइदाजनक हुन्छ।

आज हामी तपाईंहरुलाई यस्ता केहि खाने कुराको बारेमा जानकारी दिनेछौँ, जसले बच्चाहरुको मस्तिष्कको विकासमा मद्दत गर्छ । यसको नियमित सेवनले दिमाग तेज बनाउनुको साथै स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ ।

दही
दही एउटा सुपरफुड हो । जसले हाम्रो सम्पूर्ण स्वास्थ्यलाई नै फाइदा पु¥याउने गर्छ । दही आयोडिनको राम्रो स्रोत हो । साथै दहीमा पाइने प्रोटिन, जिंक, भिटामिन बी–१२ र सेलेनियम जस्ता तत्वहरु बालबालिकाको मानसिक विकासको लागि निकै फाइदाजनक साबित हुन्छन् ।

अण्डा
अण्डा केबल शारीरिक स्वास्थ्यको लागि मात्र नभएर मानसिक स्वास्थ्यको लागि पनि फाइदाजनक मानिन्छ । अण्डामा भरपूर मात्रामा कोलीन पाइन्छ । जसले शरीरमा एसिटिलकोलिनको निमार्ण गर्छ । एसिटिलकोलिनले मस्तिष्कलाई तेज बनाउने काम गर्छ । बालबालिकाको मानसिक स्वास्थ्यको विकासको लागि दिनँहु दुईवटा अण्डाको सेवन गर्न सकिन्छ ।

नट्स र सिड
बच्चा होस् या बुढा सबैको लागि नट्स र सिड एकदमै फाइदाजनक रहन्छ । बदाम, ओखर, चिया सिड र आलस जस्ता खानेकुराहरु मस्तिष्कको विकासको लागि धेरै लाभदायिक साबित हुन्छन् । नट्स र सिडमा ओमेगा ३ र फ्याटी एसिड भरपूर मात्रामा पाइन्छ । जसले बालबालिकाको मस्तिष्कको विकासमा मद्दत गर्छ ।

ब्लूबेरी
एन्टिअक्सिडेन्ट र एन्थोसायनिन्स जस्ता तत्वले भरपूर ब्लुबेरीले बालबालिकाको मानसिक क्षमता वृद्धि गर्न मद्दत गर्छ । यसको स्मुदि बनाएर वा यतिकै पनि बच्चाहरुको खानामा समावेश गर्न सकिन्छ । यसमा पाइने फ्लेभोनोइड्स तत्वले मस्तिष्कको कोशिकाहरुलाई अक्सिडेटिभ तनाव र सुनिने समस्याबाट बचाउन पनि मद्दत गर्छ ।

डार्क चकलेट
बालबालिकाको मस्तिष्कको विकासको लागि उनीहरुको आहारमा डार्क चकलेट पनि समावेश गर्न सकिन्छ । बच्चाहरुलाई दिनँहु थोरै–थोरै मात्रामा डार्क चकलेट दिन पनि सकिन्छ । डार्क चकलेटले बालबालिकाको मतिस्ष्कको शक्ति बढाउन मद्दत गर्छ । डार्क चकलेटमा फ्लेभोनोइड्स र एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । जुन मस्तिष्कको लागि फाइदाजनक हुन्छ । यसको नियमित सेवनले स्मरणशक्ति बढाउन मद्दत गर्छ ।

हरियो तरकारी
बच्चाको दिमाग तेजिलो बनाउनका लागि उनीहरुको खानामा हरियो सागसब्जी जस्तै पालक, ब्रो काउली आदीलाई समावेश गर्नु निकै आवश्यक हुन्छ । हामीले सलादलाई पनि उनीहरुको आहारमा समावेश गर्न सक्छौँ । यसमा फोलेट, फ्लेभोनोइड्स, क्यारोटिनोइड्स र भिटामिन ई र के जस्ता धेरै पोषक तत्वहरु हुन्छन् । जुन मस्तिष्कको स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?