एनआईएमबी बैंकले ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा दिने

लोकपथ
0
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा साना तथा मझौला उद्यम (एसएमई) कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकका अनुसार नयाँ योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा लिन सक्नेछन् । उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ ।

‘मेहेनती हातलाई हाम्रो साथ’ भन्ने नाराका साथ सञ्चालनमा रहेको एनआईएमबी एसएमई कर्जामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जाको सदुपयोगिताका आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने बैंकको लक्ष्य छ ।

यस योजनाबाट व्यवसायी तथा उद्यमीले व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, नयाँ लगानीलगायत व्यवसायको आवश्यकताअनुसार कर्जा लिन सक्नेछन् ।

एनआईएमबीले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ ।

बैंकले मेहनती उद्यमी तथा व्यवसायीसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यवसायिक विकास र समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?