एनपीएल : जनकपुरविरुद्ध इमरानको अर्धशतक

लोकपथ
14
Shares

काठमाडौं । विराटनगर किंग्सका ब्याटर इमरान शेखले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पहिलो अर्धशतक प्रहार गरेका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने क्रममा इमरानले ४० बलमा ५० रन पूरा गरेका हुन् ।

उनले आफ्नो अर्धशतक पूरा गर्ने क्रममा पाँच चौका र दुई छक्का प्रहार गरे । एनपीएलमा इमरानको यो पहिलो अर्धशतक हो । उनले यसअघि दोस्रो सिजन कर्णाली याक्सबाट खेलेका थिए । तर, त्यतिबेला अर्धशतक बनाउन सकेका थिएनन् ।

इमरानले अर्का ब्याटर लोकेश बमसँग मिलेर १०० रनको साझेदारी गरेका छन् ।

१२ ओभरको खेल सकिँदा विराटनगरले एक विकेट गुमाएर १०२ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?