पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध अर्काे भ्रष्टाचार मुद्धा दर्ता, ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो दाबी

लोकपथ
3.7k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजकसमेत रहेका नेपाल, कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्ररिजालसहित ९७ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । अख्तियारले उनीहरूविरुद्ध ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो।

उनीहरुमाथि सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोप लगाइएको छ । विराटनगर आसपासको सार्वजनिक जग्गा छुट दर्तामा भ्रष्टाचार भएको दाबी गरिएको छ ।

सार्वजनिक जग्गा छुट दर्तामा भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको छ ।

२०६६ मंसिर १६ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार रिजाल क्यानिङ एण्ड कम्पनी प्रालिले छुट जग्गा पाएको जग्गामा हानीनोक्सानी भएको दाबी अख्तियारको छ ।

उनीहरुमाथि सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाट निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरेको आरोप छ ।

नेपाल प्रधानमन्त्री रहेको बेला मन्त्रिपरिषद बैठकले नै हदबन्दीभन्दा बढीको जग्गा विक्री गर्न अनुमति दिएको अख्तियारको दाबी छ । त्यसबेला मन्त्रिपरिषद्ले ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न दिएर बिक्रीको वातावरण बनाइदिएको अख्तियारको आरोप छ ।

यो सूचीमा पूर्वभूमि सुधारमन्त्री डम्बर श्रेष्ठ, पूर्वमुख्यसचिव माधव घिमिरे (दिवंगत) की छोरी कमला घिमिर, पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी, तत्कालीन उपसचिवहरु गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्षमण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौला, भूमि व्यवस्था विभागका तत्कालीन डिजी राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सिताराम पोखरेल, नासु बुद्धिबहादुर काकीको पनि नाम छ ।

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध विशेष अदालतमै पतञ्जली जग्गा प्रकरणको मुद्दा पनि विशेष अदालतमै विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?