काठमाडौं । शिक्षक सेवा आयोगका अध्यक्ष डा। हरिप्रसाद लम्सालले आयोगको १८औँ वार्षिक प्रतिवेदन, २०८३ शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष पेस गरेका छन् ।
अध्यक्ष लम्सालले आज मन्त्रीसमक्ष आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदनमा आर्थिक वर्ष २०८२र८३ मा आयोगले गरेका प्रमुख काम, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी कार्यदिशा समेटिएको छ । साथै आयोगका समग्र गतिविधि र उपलब्धिबारे पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदन पेस गर्ने कार्यक्रममा आयोगका अध्यक्ष तथा सदस्यहरू, मन्त्रालयका सचिव, मन्त्रीका सल्लाहकार, सहसचिवहरू, प्रशासकीय प्रमुख तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया