विपक्षी दलको मागबारे जानकारी गराउन सभामुख भेट्दै आङदेम्बे

लोकपथ
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेट्ने भएका छन् ।

आज दिउँसो सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा भेट्ने कार्यक्रम तय भएको आङदेम्बेका स्वकीय सचिव याम ढुंगानाले जानकारी दिए ।

सोमबार बसेको विपक्षी दलहरूको बैठकले संघीय संसद्को अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेको थियो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल सहभागी थिए ।

विपक्षी दलहरूले सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश, कर्मचारीतन्त्रमा बढ्दो त्रास र सरकारको कार्यशैलीबारे संसद्मा छलफल गर्न अधिवेशन बोलाउन माग गरेका हुन् ।

सोही विषयमा सभामुखलाई जानकारी गराउन आङदेम्बेले भेट गर्न लागेको स्वकीय सचिव ढुंगानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?