एनपीएल ३ : आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै

लोकपथ
35
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल दिउँसो साढे १२ः३० र दोस्रो खेल साँझ ५ः०० बजे हुनेछ ।

चितवन राइनोज प्रतियोगितामा अहिलेसम्म अपराजित छ । पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्नु परेको थियो । सुदूरपश्चिमले हालसम्म खेलेका तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?