काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेना किन सुकुमबासी बस्तीमा परिचालित गरिए ? भन्दै प्रश्न गरेका छन् ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सेनाको भूमिकामाथि शंका व्यक्त गर्दै यस्तो प्रश्न गरेका हुन् ।
आफूले संसदमा सिंहदरबार जल्दा मौन बसेको सेना अहिले किन सरकारको इशारामा नाचिरहेको छ ? भनेर प्रश्न उठाएको बताए ।
उनले गत भदौ अन्तिम साताको जेनजी आन्दोलनका क्रममा मुलुक ध्वस्त पारिएको विषय सरकारको नीति तथा कार्यक्रममा नअटाएको भन्दै आपत्ति जनाए ।
नेता थापाले भने, ‘सेना किन सुकुम्बासी बस्तीमा परिचालित गरिए रु मैले संसदमा त्यो प्रश्न उठाएको हो । मुलुक र सिंहदरबार बस्दा सेना किन मौन बस्यो ? भनेर त्यो प्रश्न उठाएको हुँ । यो प्रश्नको जवाफ नीति तथा कार्यक्रममा आएन । मेरो कारण एमाले झन माथि उठ्छ ।’
उनले नेकपा एमालेलाई अझै सशक्त रुपमा माथि उठाउन भूमिका खेल्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया