काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वामपन्थी पार्टीहरूको एकतापछि देखिएको उत्साह लामो समय टिक्न नसकेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले पाँच वर्षअघि नै नेकपाको क्लाइमेक्स र कोल्याप्सको समयबारे आँकलन गरेको स्मरण गराएका छन् ।
बास्कोटाले अब पनि आफूलाई नसच्याए आगामी निर्वाचन वा समयमा ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ ।’
उनका अनुसार, वामपन्थी पार्टीहरू मिल्दा जनतामा अभूतपूर्व उत्साह देखियो, तर विचार, संगठन र व्यवहार कमजोर भएकाले एकता टिक्न सकेन ।
पूर्वमन्त्री बास्कोटाले तत्कालीन नेकपाको नेतृत्वको कार्यशैलीप्रति पनि टिप्पणी गर्दै भने, ‘सोभियत संघबाट सिकिएन र चिनियाँ मोडलको नक्कल ‘सुपरफ्लप’ भयो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया