काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार १०० ले बढेको छ ।
आज सुन प्रतितोला दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला दुई लाख १६ हजारमा खरिद बिक्री भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार ६ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया