काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अन्तिम १५ मिनेटको औसत गणना गर्ने व्यवस्था स्थगित गर्ने भएको छ । नेप्सेले मंगलबारदेखि उक्त प्रणालीलाई स्थगित गर्ने निर्णय गरेको हो ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेपाल धितोपत्र बोर्डले पत्रमार्फत औसत गणना विधि स्थगित गर्न निर्देशन दिएपछि नेप्सेले सो व्यवस्था कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।
यसअघि नेप्सेमा दिउँसो २ः४५ देखि ३ बजेसम्म कायम हुने मूल्यको भारित औसतलाई अन्तिम कारोबार मूल्य मान्ने प्रावधान थियो । सो अवधिमा कुनै कारोबार नभए पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्यका रूपमा लिने व्यवस्था लागू हुँदै आएको थियो ।
नेप्सेले अबदेखि अन्तिम सूचकांक कारोबार मूल्यकै आधारमा गणना गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया