विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने- ‘मैले मत नपाए मध्यावधिमा जान्छ’

लोकपथ
154
Shares
फाइल तस्बिर

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूले विश्वासको मत नपाए अर्को सरकार बन्न नसक्ने दाबी गरेका छन् ।

बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै उनले आफूलाई सबै प्रदेशसभाले विश्वासको मत दिनुपर्ने बताएका छन् ।

यो बाटोमा नजाने हो भने मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ, के मध्यावधि निर्वाचनमा जान हामी तयार छौं, यो प्रदेशसभा तयार छ, नेपालको संघीयता तयार छ ?’ उनले प्रश्न गरे ।

कोशी प्रदेशमा सबैभन्दा धेरै सिट जितेर ठूलो दल बनेको एमालेको नेतृत्वमा सरकार बनेको थियो । तर, तत्कालिन एमाले माओवादी गठबन्धन टुटेपछि नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिदा संकटमा परेका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।

कोशी प्रदेश सरकार निर्माणका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । वर्तमान गठबन्धन सरकारमा रहेका चार दल नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको गरि ४६ मत छ,भने एमाले एक्लैको ४० सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ सिट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?