निजी विद्यालयका शिक्षकलाई सामुदायिक सरह तलब र सेवासुविधा उपलब्ध गराउन बालेनको निर्देशन

लोकपथ
476
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरुलाई सामुदायिक सरह तलब र अन्य सेवासुविधा उपलब्ध गराउन निर्देशन दिएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयले शिक्षकलाई नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई दिनुपर्ने उल्लेख गर्दै महानगरभित्रका निजी विद्यालयमा उक्त कुरा लागु गर्न खबरदारी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ । यस्तै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ ।’

नगर प्रमुख साहले शिक्षकहरुको तलब विवरण लिस्ट सहित सार्वजनिक गरेरै काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले उक्त तलब र सेवा सुविधा कानून अनुसार नपाए शिक्षा विभागमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?