काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले नै सबैको स्वास्थ्य उपचार निःशुल्क गर्ने जिम्मा लिने संवैधानीक व्यवस्था व्यवहारमा लागु हुन नसकेको गुनासो गरेका छन् ।
बुधवार प्रतिनिधि सभातर्फ दिगो विकास समितिको बैठकमा उनले निःशुल्क उपचार गर्ने जिम्मा लिने संवैधानीक व्यवस्था व्यवहारमा लागु हुन नसक्दा गरीब र वेवारिसेहरु मारमा परेको बताए ।
उनले भने, ‘स्वास्थ्यको क्षेत्रमा राज्यले संवैधानीक व्यवस्था गरेर सबैको स्वास्थ्य उपचार निःशुल्क गर्ने जिम्मा लिने संवैधानीक व्यवस्था गर्यौ । त्यो व्यवहारमा लागु हुन सकेन। त्यसबाट गरीब निमुखा, वेवारिसेहरुको लागि धेरै मार परेको छ ।’
उनले मार परेका वर्गहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा सरकारले आवश्यक काम थालेको बताए ।
मन्त्री बस्नेतले संसारभरीनै मानसिक रोग गम्भीर रुपमा आएको भन्दै दिर्घकालीन समाधानका लागि कार्ययोजना बनाउन आवश्यक रहेको बताए ।
उनले भने, ‘संसारभरी नै मानसीक रोग गम्भिर रुपमा आईसक्यो अत्यन्तै ठूलो रोगको रुपमा अगाडि बढिसक्यो मानसीक रोगको समस्या समाधान गर्न , दिर्घकालीन समाधानका लागि कार्ययोजना गर्नुपर्छ । यो विषयका विज्ञहरुलाई पनि बोलाएर परामर्श लिनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया