जिल्ला निर्वाचन कार्यालयसम्बन्धी निर्णय खारेज नभए प्रतिरोध गर्ने रास्वपाको चेतावनी

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले लोकतन्त्रमाथि षड्यन्त्र भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक परियारले जिल्ला निर्वाचन कार्यालयसम्बन्धी निर्णय खारेज नभए प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

‘यो राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्था हो। यो व्यवस्थामाथि षड्यन्त्र गर्न पाइँदैन। स्वतन्त्र र संवैधानिक व्यवस्था भएको निर्वाचन आयोगलाई सरकारको सिडिओ कार्यालयमार्फत राख्नु यो राजनीतिक कुचेष्टा हो।’ उनले भने ।

उनले सरकार यो निर्णयबाट पछि नहटे आफूहरू प्रतिरोधमा उत्रने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?