जसपाको  विधान अधिवेशन शुरु

लोकपथ
35
Shares
sf7df8Ff}, !) c;f/M ljwfg clwj]zgsf] pb3f6g hgtf ;dfhjfbL kf6L{ -h;kf_ g]kfnsf] cfh g]kfn k|1f ejgdf ;’? ePsf] ljwfg clwj]zgsf] pb3f6g ub}{ kf6L{sf cWoIf pk]G› ofbj / ;ª3Lo kl/ifbsf cWoIf tyf lzIff, lj1fg tyf k|ljlwdGqL czf]ss’df/ /fO{ . tl:a/ M ljdnaxfb’/ lji6÷/f;;

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज राजधानीमा शुरु भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आज पार्टी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद अध्यक्ष अशोक राईले अधिवेशनको उद्घाटन गरेका हुन् ।

अधिवेशन आजदेखि तीन दिनसम्म सञ्चालन हुने सो पार्टीले जनाएको छ । पार्टीको शनिबार काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको पार्टीको विधानको मस्यौदा यसै अधिवेशनमा पेस गरेर छलफल हुन लागेको जनाइएको छ ।

यस अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जनासहित सात सय ६१ प्रतिनिधि सहभागी छन् ।

सहभागी भएका प्रतिनिधिलाई विभिन्न १० समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ भने छलफल सकिएपछि विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी र्दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?