काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ ।
बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा विधान अधिवेशनको तयारीबारे छलफल हुनेछ । यस्तै असार ९ गते बस्ने केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने एजेण्डा पनि रहेको छ । यसैगरी समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्ने एजेण्डा पनि रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया