रास्वपाको पहिलो वार्षिकोत्सव मनाइँदै

लोकपथ
14
Shares

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको पहिलो वर्ष पूरा भएको छ । गत वर्षको असार ७ गते लामिछानेको नेतृत्वमा राष्ट्रिय सभागृहबाट रास्वपा घोषणा गरिएको थियो ।

स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा रास्वपाले बालाजु (चःमति)स्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।
चियापान पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?