काठमाडौं । १९ औं एसियन गेम्स (एसियाड) का लागि साइक्लिङको राष्ट्रिय टिमको प्रारम्भिक छनोट प्रतियोगिता १६ वैशाखमा हुने भएको छ ।
नेपाल साइक्लिङ संघले आगामी सेप्टेम्बरमा चीनको होन्जोउ सहरमा आयोजना हुने एसियाडमा समावेश भएको खेल साइक्लिङकमा लागि राष्ट्रिय टिमको एकदिने छनोट गर्ने भएको हो । छनोट प्रतियोगिताको काठमाडौंको जगडोल, गोकर्णमा हुनेछ ।
छनोट प्रतियोगितामा १३ औ दक्षिण एशियाली खेलकुदमा पदक विजेता खेलाडीहरू, १३ औँ दक्षिण एसियाली खेलकुद पछिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भई पदक विजेता खेलाडीहरू, १३ औँ दक्षिण एसियाली खेलकुदमा बन्द प्रशिक्षणमा समावेश भएका खेलाडीहरू, रसुवा हाई अल्टिच्युट एमटिबी प्रतियोगिता र लिगलिग एमटिबी प्रतियोगितामा १० औँ स्थानसम्म रहेका खेलाडीहरूले भाग लिन पाउनेछन् ।
सम्पूर्ण छनौट राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनअनुसार हुने संघले जनाएको छ । आवेदन प्राप्त भएपछि छनोट खेलको लागि अन्तिम सहभागिताको नामावलीअनुसार खेलाडीहरूलाई सम्पर्क गरिने पनि संघले जनाएको छ ।
छनोट प्रतियोगितामा क्रिस कन्ट्रीतर्फ पुरुष इलिट र महिला तथा डाउन हिलतर्फ पनि पुरुष इलिट र महिला इलिट गरी कुल चार इभेन्ट समावेश गरिने संघले जनाएको छ ।
सहभागिताको प्रक्रिया वा मापदण्ड
१. १३ औँ दक्षिण एसियाली खेलकुदमा पदक विजेता खेलाडीहरू
२. १३ औँ दक्षिण एसियाली खेलकुदपछिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भई पदक विजेता खेलाडीहरू
३. १३ औँ दक्षिण एसियाली खेलकुदमा बन्द प्रशिक्षणमा समावेश भएका खेलाडीहरू
४. रसुवा हाई अल्टिच्युट एमटिबी प्रतियोगिता र लिगलिग एमटिबी प्रतियोगितामा १० औँ स्थानसम्म प्राप्त गरेका खेलाडीहरू
छनौट गरिने ईभेन्टहरू
क्रस कन्ट्रीतर्फ
१. मेन ईलिट
२. विमेन ईलिट
डाउन हिल तर्फ
१. मेन इलिट
२. विमेन ईलिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया