काठमाडौं । एक गोलले पछि परेको स्थिति उल्टाउँदै युभेन्टसले इटालियन सिरी एमा पुनरागमन जित निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्टसले सासुओलोलाई २-१ अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान बनाउन बलियो सम्भावना बनाएको हो ।
खेलको ३८औँ मिनेटमा जिआकोमो रास्पाडोरीले गोल गर्दै घरेलु टोली आसुओलोलाई अग्रता दिलाए । तर, अर्जेन्टिनी स्टार पाउलो डेबलाले ४५औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
खेल सकिन दुई मिनेट बाँकी रहदा मोइसे केइनले गोल गर्दै युभेन्टसको जित सुनिश्चित गरे ।
जितसँगै युभेन्टसले ३४ खेलबाट ६६ अंक बनाएर चौथो स्थानमा रहेको छ । सासुओलो ४६ अंकसहित दशौँ स्थानमा छ ।
सिरीको शीर्ष स्थानमा एसी मिलान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया