काठमाडौं । काठमाडौंको नयाँ बजारमा घर तथा अफिसको लागि आवश्यक डेकोरेशनका हरेक सामग्री पाइने अत्याधुनिक शोरुम सञ्चालनमा आएको छ ।
नयाँ वर्षको अवसरमा काठमाडौं महानगरपालिका वडा नं १६ स्थित नयाँ बजारमा उक्त शोरुम सञ्चालनमा आएको हो ।

प्रतिनिधिसभाका सांसद मोहन आचार्यले एक कार्यक्रमकाबीच बिहीबार बिहान शोरुमको उद्घाटन गरेका हुन् ।
प्रतिष्पर्धी बजारमा नयाँ किसिमबाट ग्राहकको सेवालाई ध्यान दिँदै उक्त शोरुम सञ्चालनमा ल्याइएको होम डेकोरेशनका प्रबन्ध निर्देशक सरोज अधिकारीले जानकारी दिए । नयाँ वर्षसँगै २० प्रतिशत ओपनिङ अफर समेत रहेको अधिकारीको भनाइ छ ।
बजारलाई ध्यान दिँदै नेपाली उत्पादनलाई प्राथमिकता दिने र उच्च गुणस्तरीय सामाग्रीहरु बिक्री वितरणलाई प्राथमिकता दिने उदेश्य रहेको उनको भनाइ रहेको छ ।

‘प्रतिष्पर्धी बजारमा नेपाली प्रोडक्टलाई उच्च प्राथमिकता राख्दै देश तथा विदेशका उच्च गुणस्तरीय कार्पेट, पर्दा, बेडसिट, म्याटरेस, पार्केट तथा डेकोरेशनको लागि हरेक सामाग्री उपलब्ध हुने होम डेकोरेशन सामाग्री उपलब्ध हुनेछ । साथसाथै हामीले ५ सय भन्दा बढी आइटमका पर्दाह? र अन्य नयाँ सामाग्रीहरुलाई प्राथमिकता दिइ ग्राहकमैत्री वातावरणमा शोरूम सञ्चालनमा ल्याएका हौँ ।’ अधिकारीले भने । ‘नयाँ वर्षको लागि र ओपनिङ अफरका लागि हामीले २० प्रतिशत छुटको व्यवस्था समेत गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया