काठमाडौं । एलआरआर मोटर्सले चिनियाँ विद्युतीय कार ब्राण्ड स्काईवेलको बीई ११ मोडल ग्राहकलाई दिन सुरु गरेको छ । कम्पनीले नाडा अटो शो २०२६ मा बुकिङ गरेका ग्राहकलाई गाडी डेलिभरी गर्न थालेको हो ।
नाडा अटो शोमा स्काईवेल बीई ११ सार्वजनिक गर्दा करिब ४ सय वटा गाडी बुकिङ भएका थिए । अहिले कम्पनीले ती ग्राहकलाई क्रमशः गाडी उपलब्ध गराउन थालेको जनाएको छ ।
कम्पनीका अनुसार बुकिङअनुसार उत्पादक कम्पनीबाट गाडी नेपाल आइरहेका छन् । गाडी प्राप्त हुने क्रमसँगै ग्राहकलाई चरणबद्ध रूपमा डेलिभरी दिइनेछ ।
एलआरआर मोटर्सले नेपालमा बीई ११ का विभिन्न भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
त्यस्तै, ४१० किलोमिटर रेन्ज दिने कम्फर्ट भेरियन्टको मूल्य ५५ लाख ९९ हजार र लक्जरी भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ छ । ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य भने ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया