सांग्रिला मोटर्सले सुरु गर्‍यो लिपमोटर ‘बी०३’ एक्सको डेलिभरी, के छन् विशेषता ?

लोकपथ
0
Shares

काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ विद्युतीय गाडी लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु गरेको छ ।

काठमाडौंमा सडक परीक्षण र औपचारिक लन्च सम्पन्न भएपछि कम्पनीले ग्राहकलाई गाडी हस्तान्तरण गर्न थालेको हो। पहिलो चरणमा बुकिङ गरेका ग्राहकहरूले गाडी प्राप्त गरिसकेका छन् ।

सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले गाडीप्रति ग्राहकको प्रतिक्रिया उत्साहजनक रहेको बताए । उनले ग्राहकको विश्वासप्रति आभार व्यक्त गर्दै बुकिङ गरेका सबैलाई छिटो र सहज रूपमा गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

लिपमोटर बी०३ एक्समा १४५ किलोवाट क्षमताको मोटर र ५३ किलोवाट आवरको ब्याट्री रहेको छ । एकपटकको पूर्ण चार्जमा यसले ५०५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।

गाडीमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ। त्यस्तै, फास्ट चार्जिङ प्रविधिबाट ३० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न १६ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

गाडीमा १४.६ इन्चको टचस्क्रिन, १२ वटा स्पिकर भएको साउन्ड सिस्टम र लेभल २ एडीएएस सुरक्षा प्रविधि राखिएको छ । यसमा ५१० लिटरको बुट स्पेस छ । पछाडिका सिट फोल्ड गर्दा उक्त क्षमता १ हजार ६०५ लिटरसम्म पुग्छ ।

लिपमोटर चीनको विद्युतीय सवारी उत्पादक कम्पनी हो। यसलाई विश्वप्रसिद्ध अटोमोबाइल समूह स्टेलान्टिसको समर्थन रहेको छ । स्टेलान्टिसअन्तर्गत मासेराती, अल्फा रोमियो र प्युजो लगायतका ब्रान्ड छन् ।

कम्पनीका अनुसार लिपमोटरले विश्वभर १९ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको छ । हाल ४५ भन्दा बढी देशमा कम्पनीका २ हजारभन्दा बढी बिक्री तथा सेवा केन्द्र सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?