‘परदेशी २’ दशैँमा रिलिज हुने, फर्स्टलुक सार्वजनिक

RSS
0
Shares

काठमाडौं । चलचित्र ‘परदेशी २’ आगामी दशैँमा रिलिज हुने भएको छ । बुधबार फल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै नर्मिाणपक्षले दशैंमा फल्म रिलिज गर्ने घोषणा गरेको हो ।

गायक प्रकाश सपूतले अभिनय गरेको पहिलाे फिल्म परदेशी २ नारायण इन्टरनेसनल प्रालिकाे ब्यानरमा बनेको हो ।

राजेश वंशल र नारायण रायमाझीले निर्माण गरेको यो फिल्मलाई नाराण रायमाझीले नै निर्देशन गरेका हुन् । फस्टलुक पोस्टरमा फिल्मका मुख्य कलाकार प्रकाश सपूत, दिलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा सिवाकोटीलाई देखाइएको छ ।

रमेश बीजीको कथा रहेको फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लुलगायतका कलाकारहरुको अभिनय छ ।

‘गोर्खापल्टन’ र ‘परदेशी’पछि नारायण इन्टरनेशनल प्रालिकाे ब्यानरमा ‘परदेशी २’ निर्माण भएको हो ।

चलचित्रमा बीबी अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियाेग्राफी रहेको छ । सुदीप कुँवरको सहनिर्देशन रहेको यो फिल्ममा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?