काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलासँग भेटघाट गरेका छन् ।
साझा उम्मेदवार खोज्ने प्रयास भइरहेका बेला वरिष्ठ नेता पौडेलले सिटौलासँग छलफल गरेका हुन् । आज बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफू पक्षीय भेलामा सहभागी भएर पौडेल सिधै विशालनगरस्थित सिटौला निवास पुगेका थिए ।
छलफलका क्रममा पौडेलले महाधिवेशनमा सँगै मिलेर जान आग्रह गरेका छन् । साथै पौडेलले सँगै मिलेर गएमा मात्रै नेतृत्व परिवर्तन गर्न सकिने बताएपनि सिटौलाले भने पौडेलको प्रस्तावमा कुनै प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया