व्यक्तिगत कारणले राजीनामा दिएँ : गौरीकुमारी यादव

लोकपथ
0
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ समक्ष राजीनामा बुझाएकी छन् ।

चौतर्फी ग्यासको हाहाकार भएका बेला जनताको गुनासो उचित सम्बोधन गर्न नसकेपछि मन्त्री यादवले बिहीबार राजीनामा बुझाइन् ।

यादवले व्यक्तिगत कारणले राजीनामा बुझाएको उनको सचिवालयको दाबी रहेको छ ।

‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवज्यूले आज सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यू समक्ष आफ्नो पदबाट राजीनामा बुझाउनुभएको छ।
मन्त्री यादवज्यूले ब्यक्तिगत कारणले राजीनामा बुझाउनुभएको हो,’ यादवको सचिवालयले भनेको छ ।

तर, मन्त्री यादवमाथि पार्टी र प्रधानमन्त्रीको दबाब परेको बुझिएको छ । बुधबार मात्रै उनले उद्योगीहरुका कारण ग्यास नपाएको र उद्योगीहरुलाई पाता नफर्काएसम्म ग्यास नपाउने धम्की दिएकी थिइन् । त्यसकोविरुद्धमा चौतर्फी आलोचना भइरहेका बेला उनको राजीनामा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?