आईसीएफसी फाइनान्सले भोटेकोशी बाढीपीडितका लागि २५ लाख सहयोग

लोकपथ
0
Shares

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

फाइनान्सले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको फाइनान्सले जनाएको छ ।

फाइनान्सले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ । साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता व्यक्तिहरूको सकुशल खोजी तथा उद्धारको कामना गरेको छ ।

विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सरकार, सम्बन्धित निकाय, संघसंस्था र आम नागरिकबीच सहकार्य आवश्यक रहेको फाइनान्सले जनाएको छ ।

आईसीएफसी फाइनान्सले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्बाट प्रभावित नागरिक तथा समुदायलाई आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?