काठमाडौं । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा साहको नाम सिफारिस भएको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार साहले आज नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीको नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
आजै मात्र गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया