काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि तयारी तीव्र पारेको छ ।
आगामी असोज १६ गतेबाट काठमाडौंमा १५औँ महाधिवेशन गर्न लागेको कांग्रेसले सात वटै प्रदेशमा संयोजक तोकेको छ ।
कांग्रेसको निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार सात वटै प्रदेशमा वरिष्ठ अधिवक्ताहरुलाई संयोजक तोकी महाधिवेशनसँग सम्बन्धित आवश्यक राय परामर्श लिने जिम्मेवारी दिइएको हो ।
जसअनुसार कोशी प्रदेशमा वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्की, मधेश प्रदेशमा वरिष्ठ अधिवक्ता बलराम सुवेदी, बागमी प्रदेशमा वरिष्ठ अधिवक्ता कुष्ण अर्याल र गण्डकी प्रदेशमा वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल संयोजक तोकिएको छ । यसैगरी लुम्बिनी प्रदेशमा वरिष्ठ अधिवक्ता दिपककुमार रेग्मी, कर्णाली प्रदेशमा वरिष्ठ अधिवक्ता उत्तम आचार्य र सुदूरपश्चिम प्रदेशमा वरिष्ठ अधिवक्ता गंगाराम पाध्यायलाई संयोजक तोकिएको हो ।
त्यस्तै बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय समेत कांग्रेसले गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया