काठमाडौं । हुन्डाई मोटरको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले शनिबार ‘हुन्डाई टोटल कियर’ सर्भिसिङ तथा ग्राहक मिलन कार्यक्रम आयोजना गर्ने भएको छ ।
कम्पनीका अनुसार भदौ २७ गते (सेप्टेम्बर १२) नक्सालस्थित केन्द्रीय शोरुममा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ ।
कार्यक्रममा हुन्डाईका सवारीधनीले आफ्ना सवारीसाधनको निःशुल्क भेहिकल चेकअप गराउन सक्नेछन् । साथै, आवश्यक मर्मतसम्भारका लागि विशेष छुटसहितका सर्भिस कुपन उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
‘पूर्ण हेरचाह, विश्वसनीय सेवा’ भन्ने उद्देश्यसहित आयोजना गर्न लागिएको कार्यक्रममा हुन्डाईका नयाँ मोडलका सवारीसाधनको टेस्ट ड्राइभ समेत गर्न सकिनेछ । टेस्ट ड्राइभमा सहभागी ग्राहकका लागि आकर्षक उपहारको व्यवस्था गरिएको छ ।
ग्राहकलाई मनोरञ्जन प्रदान गर्न विभिन्न गतिविधिसँगै निःशुल्क फुड स्टलसमेत सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया