काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
बिहीबार (आज) मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदमा थप दुई सदस्यहरुको नियुक्त गरेका हुन् ।
जसअनुसार शालिकराम जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ । भने नीमा लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
पाण्डे गत कार्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन ३ जना मन्त्रीहरु नियुक्त गरेका पाण्डेले कार्तिक २२ गते विश्वासको मत लिएका छन् । त्यस्तै छिट्टै अन्य मन्त्रालयलाई समेत पूर्णता दिने तयारी गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया