च्याम्पियन्स लिगमा रोनाल्डोको कीर्तिमानी

लोकपथ
1.2k
Shares

काठमाडौं । म्यानचेस्टर युनाईटेडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएका छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले सबै भन्दा धेरै च्याम्पियन्स लिग खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको युनाईटेड र भिल्ला रियलको खेल खेल्दै उनले कीर्तिमान बनाएका हुन् ।

भिल्लाविरुद्धको खेल रोनाल्डोका लागि १ सय ७८ औं च्याम्पियन्स लिग खेल हो ।

रोनाल्डोले इकर क्यासिलासको कीर्तिमान तोडेका छन् । रियल मड्रिडका पूर्व गोलकिपर इकर क्यासिलासले १ सय ७७ औं च्याम्पियन्स लिग खेलेका छन् ।

यो पनि पढ्नुहोस् : रोनाल्डोको गोलमा म्यानचेस्टर युनाईटेड विजयी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?