रोनाल्डोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

लोकपथ
399
Shares

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ । च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ५३ औं मिनेटमा पाको अल्कासरले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए । त्यसपछि, खेलको ६०औं मिनेटमा एलेक्स टेलसले गोल गर्दै युनाइटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको इन्जुरी समय ९५ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई २-१ को जित दिलाए ।

यस खेलसँगै रोनाल्डो सर्वाधिक धेरै च्याम्पियन लिग खेल खेल्ने खेलाडी बेनका छन् । रोनाल्डोले इकर क्यासिलासको कीर्तिमान तोडेका हुन् । रोनाल्डोको यो १ सय ७८ च्याम्पियन्स लिग खेल हो । इकरले १ सय ७७ खेल खेलेका थिए ।

घरेलु मैदानको जितसँगै युनाइटेडले २ खेलमा ४ अंक जोडेको छ । समूह एफको युनाइटेड चौंथो स्थानमा रहेको छ ।

भिल्ला २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?