एनएमबि बैंकको नाफा २७ प्रतिशतले बढ्यो, तीन महिनामै कमायो १ अर्ब १६ करोड

लोकपथ
14
Shares

काठमाडौं । एनएमबि बैंकको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २७.११ प्रतिशतले बढेको छ ।

बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी २५.४२ प्रतिशतले बढेर २३ रुपैयाँ ८३ पैसा पुगेको छ । त्यस्तै, वार्षिकीकरण गरिएको प्रतिसेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले बढेर ११ रुपैयाँ ६४ पैसा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १९.३४ प्रतिशतले बढेर २ अर्ब ३१ करोड ९१ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ०.१७ प्रतिशतले बढेर २ अर्ब ४९ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बढेर ३ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन मुनाफा २६।२३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४९ करोड ८६ लाख ६३ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १ अर्ब ८९ करोड १८ लाख ३६ हजार रुपैयाँ पुगेको हो ।

समीक्षा अवधिमा बैंकको कर्जा तथा निक्षेप दुवै बढेका छन् । बैंकको कुल कर्जा ८ अर्ब ९ करोड रुपैयाँले बढेर २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल निक्षेप ६ अर्ब ३ करोड रुपैयाँले बढेर ३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?