काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ८३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४१.४५ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५.०७ प्रतिशतले बढेर ३ अर्ब १३ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ थियो ।
त्यस्तै, बैंकको सञ्चालन मुनाफा ८.५० प्रतिशतले बढेर ९९ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकको सञ्चालन मुनाफा ९१ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।
बैंकको वितरणयोग्य मुनाफामा पनि सुधार देखिएको छ । गत वर्ष ५७ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा यस वर्ष २ अर्ब ७५ करोड २८ लाख रुपैयाँ पुगेको छ ।
यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने ३.०८ प्रतिशतले घटेको छ । गत वर्ष २ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष घटेर २ अर्ब ४९ करोड ५ लाख रुपैयाँमा झरेको छ ।
यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात घटेको छ । गत वर्ष ५.४९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष ४.६१ प्रतिशतमा झरेको हो ।
बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १ पैसाबाट बढेर २२ रुपैयाँ ६५ पैसा पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २९२ रुपैयाँ ८९ पैसा कायम भएको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ४.५६ प्रतिशतले बढेर ४ खर्ब ३४ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, कर्जा प्रवाह २.६६ प्रतिशतले बढेर २ खर्ब ५० अर्ब ७ करोड रुपैयाँ पुगेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया