काठमाडौं । देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोसी, बागमती र मधेस प्रदेशमा सामान्यतया बादल लागेको छ भने अन्य प्रदेशमा आंशिक बदली रहेको छ ।
विभागले शनिबार दिउँसो सार्वजनिक गरेको मौसम विवरणअनुसार देशभर मौसममा सुधार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा देशका केही स्थानमा भारी वर्षा भएको छ । वर्षाका कारण खोलानदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको विभागले जनाएको छ ।
भारी वर्षापछि नदी तथा खोलामा पानीको बहाव बढेकाले आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया