कर्णालीको रोमाञ्चक जित, विराटनगरको दोस्रो हार

लोकपथ
63
Shares

काठमाडौं । तेस्रो सस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार साँझ भएको खेलमा विराटनगर किंग्सलाई हराउँदै कर्णाली याक्सले रोमाञ्चक जित निकालेको छ ।

पहिले ब्याटिङ गरेको विराटनगरले कर्णाली सामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अन्तिम एक बल बाँकी रहँदा लक्ष्य पूरा गर्दै कर्णालीले अंक तालिकामा आफूलाई अघि बढाएको हो ।

कर्णालीले ६ विकेट गुमाउँदै दोस्रो जित निकालेको हो । यो विराटनगरको दोस्रो हार हो । यसअघि विराटनगर किंग्सलाई हराउँदै चितवन राइनोजले जित निकालेको थियो ।

विराटनगरका लागि लोकेश बमले ५२ बलमा ८७ रन बनाउँदै विपक्षीका लागि बलियो लक्ष्य प्रस्तुत गरेका थिए ।

तर कर्णालीका लागि कप्तान सोमपाल कामीले अर्धशतक पूरा गर्दै त्यसलाई चुनौती दिँदै थप जितका लागि उत्साह थपेका हुन् । उनले ३२ बलमा ६२ रन जोड्न सफल भए ।

खेल अवधिमा उनले ४ चौका र ३ छक्का प्रहार गरे । उनले सातौं विकेटका लागि गुल्सन झासँग ६४ रनको अविजित साझेदारी गरे भने गुल्सन २१ बलमा २८ रन बनाएर नटआउट रहे ।

सुरुमा कमजोर प्रस्तुती रहँदा कर्णालीका लागि चुनौती बनेको थियो । अन्तिम ओभरमा कर्णालीका लागि जितका लागि ८ रन आवश्यक थियो । सोमपालले पहिलो बलमा एक रन बनाए, यता गुल्सनले दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन लिएका थिए । साथै सोमपालले चौथो र पाचौँ बलमा २–२ रन बनाउँदै रोमाञ्जक जित दिलाउन सफल भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?