काठमाडौं । तेस्रो संस्करण अन्तर्गतको नेपाल प्रिमियर लिग (एनपीएल) को बिहीबारको खेलमा विराटनगर किंग्सले
कर्णाली याक्सलाई यस सिजनकै अहिलेसम्मकै सर्वाधिक रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले बलिङ रोजेको कर्णाली याक्सले १८७ रनको लक्ष्य पाएको हो ।
पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले ७ विकेटको क्षतिमा १८६ रन बनाउन सफल भएको थियो ।
कर्णालीका लागि लोकेश बम एक्लैले ८७ रनको योगदान दिएका थिए । बमले ५२ बलमा ९ छक्का र ३ चौका प्रहार गरी ८७ रनको योगदान दिए । तेस्रो सिजनको एनपीएलमा यो तेस्रो अर्धशतक हो भने यो तेस्रो सिजनको हालसम्मको सर्वाधिक रन समेत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया