एनपीएल : कर्णालीले टस जितेर बलिङ रोज्यो, विराटनगरलाई ब्याटिङको निम्ता

लोकपथ
28
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा कर्णाली याक्सले टस जितेर पहिले बलिङ रोजेको छ ।

कर्णालीका लागि कप्तान सोमपाल कामीले टस जित्दै बलिङ रोज्दा प्रतिष्पर्धामा उत्रिएको अर्को टिम विराटनगर किंग्सले भने ब्याटिङको निम्तो पाएको छ ।

वर्षाकै बिच छाता ओढाएर टस गराइएको थियो । चक्रवात अर्नबका कारण छिटपुट वर्षा भएपछि अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको मुख्य भागहरुलाई पाल ओढाएर राखिएको छ । पानी नपरेमा खेल हुने तर पानी पर्न सुरु गरेमा भने खेल तालिका सार्ने तयारी गरिएको बताइएको छ ।

तेस्रो संस्करणको एनपीएलमा दुवै टिमको दोस्रो खेल हो । कर्णाली याक्सले यसअघि जनकपुरलाई जितेको थियो भने चितवन राइनोजसँग विराटनगर किंग्स पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?