राराबाट देशबासीको नाममा सम्बोधन गर्दै के– के भने ओलीले ?

काठमाडौं १ बैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनलाई गएको चुनावमा जनताले दिएको बहुमत दम्भको लागि नभई विकास र समृद्धिको लागि भएको बताएका छन् ।मुगुको रारा तालको किनारबाट नयाँ वर्षको अवसरमा शुभकामनासहित देशबासीको नाममा सम्बोधन गर्दै ओलीले भने, ‘ चुनावमा जनताले दिएको बहुमत दम्भ र बर्चश्वको लागि होइन । जनताको सेवाका लागि हो ।’उनले आफू नेतृत्वको सरकारले विकास र समृद्धिमा जोड दिएको भन्दै विपक्षीबाट पनि साथ र सहयोग चाहेको बताए ।संविधान निर्माण पछि भएको चुनावपछि नयाँ सरकार बनेको अवस्थामा आफूहरुको जोड विकास र समृद्धि नै भएको दोहोर्याउँदै प्रधानमन्त्रीले अब इतिहासको पाना बदल्ने बेला आएको बताए ।‘अब इतिशासको पाना बदल्ने बेला भएको छ ’, ओलीले भने, ‘नेपाल एतिहासिक बिन्दुमा पुगेको छ । तीब्र रुपमा परिवर्तन भइरहेको अवस्थामा बिश्वले पनि स्थायित्वका साथ अघि बढ्न आह्वान गरिरहेको छ ।’विपक्षी दल कांग्रेससँग कटुताको सम्बन्ध राख्न नचाहेको भन्दै ओलीले सरकारका काममा आवश्यक सुझाव, चासो र सहयोग पुर्याउन आग्रह र आह्वान गरे ।यस्तै प्रम ओलीले जनतालाई निरपेक्ष गरिबीबाट माथि उठाउन सरकारले सशक्त अभियान अघि बढाउने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?