काठमाडौँ, २९ चैत । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा (एमाले) र नेकपा (माओवादी)बीच पार्टी एकता गर्ने विषयमा नेतृत्वको व्यवस्थापन गर्न छलफल बाँकी रहेको बताएका छन् ।रिपोर्टस क्लबमा आज आयोजित कार्यक्रममा उनले पार्टी एकता गर्ने सम्बन्धमा सबै कुरा टुङ्गिसकेको बताउँदै नेतृत्वको विषयमा छलफल हुन बाँकी रहेको स्पष्ट पारे ।उनले नेतृत्वको विषयमा छलफल गर्न बाँकी रहेकोले नै बैठक लम्बिएको हुनसक्ने जानकारी दिए । उपाध्यक्ष रावलले वैशाख ९ गते पार्टी एकता गर्ने बारे औपचारिक निर्णय भइनसकेको बताए ।दुई पार्टीका कार्यदलले बुझाएको प्रतिवेदनलाई एकता संयोजन समितिले निर्णय गरेपछि पार्टी एकताको मिति घोषणा गरिने उनको भनाइ छ ।उनले सत्ता पक्ष र प्रतिपक्ष मुलुकलाई समृद्धि तर्फ लैजानका लागि एक साथ हिँड्नुपर्ने विचार व्यक्त गरे ।भारतबाट नेपालको सीमाना क्षेत्रमा मात्र रेलमार्ग ल्याउने कुरा मान्य नभएको भन्दै उनले पहाड क्षेत्रमा रेलमार्ग विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए ।‘‘नेपालको सिमाना क्षेत्रमा भारतसँग पहिल्यै नै यातायात जोडिएको छ । अहिले पनि ती सिमानासम्म भारतले रेगमार्ग विस्तार गर्न आवश्यकता छैन’’ उहाँले भन्नुभयो, ‘‘हामीलाई पूर्व–पश्चिम रेलमार्ग चलाउन आवश्यकता रहेको छ ।’’नेता रावलले भारतले विराटनगरमा स्थापना गरेको महावाणिज्य दूतावास कार्यालय तत्काल हटाउनुपर्ने भन्दै सन् १९५० को सन्धि र महाकाली सन्धि पुनरावलोकन गर्नुपर्ने धारणा राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया