काठमाडौं, २९ चैत । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को आठौ बैठक आजदेखि सुरु हुदैछ । भारतको राजधानी नयाँ दिल्लीमा आज र भोलि गरी दुई दिनसम्म चल्ने बैठकमा दुवै देशका सरकारलाई बुझाउने प्रतिवेदनलाई अन्तिम रुप दिने विषयमा छलफल हुनेछ ।यसअघि काठमाडौंमा बसेको समूहको सातौं बैठकमा पनि प्रतिवेदनका विषयमा नै छलफल भएको थियो । बैठकमा दुई देशको सम्बन्धलाई समयानुकुल सुदृढ र प्रभावकारी बनाउन आवश्यक बुँदा आदानप्रदान भएको थियो ।आठौं बैठकमा त्यसमाथि दुवै देशका प्रतिनिधिले थप छलफल गर्ने र संशोधन राख्ने तयारी रहेको ईपीजीका एक सदस्यले जानकारी दिए ।सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत नेपाल र भारतबीच भएका अरु सन्धि सम्झौताको पुनरावलोकन र तिनीहरुको संशोधनका विषयमा दुवै देशका सरकारलाई सुझाव दिने समूहले तयारी गरिरहेको छ ।समूहले आगामी जुलाई २० तारिखसम्ममा आ–आफ्ना सरकारलाई प्रतिवेदन बुझाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया