काठमाडौं, २८ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।उनले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।पोखरेलले बुधबार सार्जनिक गरेको सम्पत्ति विवरणमा खोटाङको समावेशी गाउँपालिका नडा नं. २ मा २ कित्ता जग्गा रहेको उल्लेख गरिएको छ ।जसमा २६ रोपनी रहेको छ ।त्यस्तै पोखरेलले एउटा कित्तामा १२ रोपनी, २ पैसा र अर्को कित्तामा १० रोपनी १४ आना २ पैसा १ दाम देखाइएको छ ।चन्द्रकुमारी पोखरेलको नाममा रहेको उक्त जग्गा मन्त्री पोखरेलले पैतृक सम्पत्ति भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया