भरतपुर महानगर र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

चितवन–भरतपुर महानगरपालिका र चीनको सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्य गर्ने सम्झौता भएको छ ।भरतपुर महानगरपालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिकस्तर वृद्धि गर्न भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।सेन्ट्रल साउथ विश्वविद्यालय चीनको एक ख्यातिप्राप्त विश्वविद्यालय हो । स्नातकोत्तर र विद्यावारिधिमा २१७ वटा शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ वटा शैक्षिक कार्यक्रम संचालन भएको यस विश्वविद्यालयले भरतपुर महानगरपालिकाभित्रका गरीब, असहाय तथा जेहेन्दार करिब २० जना विद्यार्थीलाई पूर्ण र ५० जनालाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको हो ।सो अवसरमा बोल्दै सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनले नेपालमै पहिलो पटक भरतपुरमा आफुहरुले सहकार्य गरेको उल्लेख गर्दै चीन र नेपालको सम्बन्धमा यो सहकार्य कोसेढुगां सावित हुने बताए ।यस्तै मेयर रेणु दाहाले सहमतिपछि चीन र नेपालबीचको सम्बन्धमा थप प्रगाड बनेको बताईन् ।साथै चाईनाको विकासका मोडललाई भित्राउन आफु उत्सुक रहेको उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?