पोखरा, २७ चैत । प्रदेश–४ को प्रदेश सभाले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सम्बन्धी विधेयक प्रस्तुत गरेको छ ।विधायन समितिका सावित्री रानाले प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक सुविधा सम्बन्धमा बनेको विधायन समितिको प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेकी हुन् ।विधेयकमा सभामुखको तलब ५३ हजार तलव, बैठक भत्ता ७ सय ५०, सञ्चार २ हजार, निजी सचिवालय बन्दोबस्तीका लागि २ हजार, ईन्धन १ सय ५० लिटर, मोबिल १० लिटर, बिलअनुसारको धारा, बिजुली, दैनिक भ्रमण भत्ता २ हजार ५ सय रुपैयाँ र अतिथि सत्कारका लागि ५ हजार रुपैयाँ तोकिएको छ ।सभामुखले राजपत्र तृतीय श्रेणीका १ जना स्वकीय सचिव र १ जना कार्यालय सहयोगी राख्न पाउनेछन् । गाडी र आवास तथा फर्निचरको ब्यवस्था सरकारले नै मिलाउनेछ ।उपसभामुख र विपक्षी दलको नेतालाई ५० र सभापतिले ४९ हजार तलब पाउनेछन् भने अरु सबै सुविधा समान छ ।उनीहरुले बैठक भत्ता ७ सय ५०, सञ्चार १ हजार ५ सय, निजी सचिवालय बन्दोवस्तीका लागि १ हजार ७ सय ५०, धारा, बिजुली १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार हुनेछ ।यसबाहेक उपसभामुखले आवास सुविधा पाउनेछन् भने सभापतिले १५ हजार घरभाडा पाउनेछन् । फर्निचरका लागि विपक्षी दलका नेता र उपसभामुखलाई सरकारले दिनेछ भने सभापतिले ५० हजार पाउनेछन् ।उपसभामुखलाई ईन्धन १ सय लिटर र मोबिल ५ लिटर, अतिथि सत्कारको ३ हजार उपलब्ध गराईनेछ । राजपत्र तृतीय श्रेणीको १ जना स्वकीय सचिव र १ जना कार्यालय सहयोगी पनि उपसभामुख र विपक्षी दलको नेतालाई दिईनेछ ।३ हजार रुपैयाँ अतिथि सत्कारको रकम पनि विपक्षी दलका नेताले पाउनेछन् । दलका सचेतक र प्रदेशसभा सांसदहरुको उस्तै सुविधा छ । सचेतकले ४७ हजार र सांसदले ४५ हजार तलब पाउँछन् ।उनीहरु सबैलाई बैठक भत्ता ७ सय ५०, सञ्चार सुविधा १ हजार ५ सय, आवासका लागि १५ हजार, फर्निचरका लागि ५ बर्षको ५० हजार, धारा बिजुली १ हजार ५ सय, दैनिक भ्रमण भत्ता २ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । आगामी बैठकमा छलफलपछि विधेयक पास हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया